• २०८१ साउन ३ गते बिहिवार

आजको मौसम : देशका केही स्थानहरुमा वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ९, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ। साथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भू-भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू-भागमा नेपाल नजिक रहेको अवस्था छ। जसका प्रभावले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा वर्षा भईरहेको छ।

विभागका अनुसार शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

विभागले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस