• २०८१ साउन ८ गते मङ्गलवार

सुनवल नगरपालिकाको ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १० पश्चिम नवलपरासी । सुनवल नगरपालिकाले आगामी बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट प्रस्तुत भएको छ । । नगर उप–प्रमुख दधिराम अर्यालले आर्थिक बर्ष २०७७/०७८ को लागि कुल बजेट ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैया को बजेट सभामा प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले चालू तर्फ ४० करोड ७२ लाख १२ हजार ५०९ रुपैयाँ र पुर्जीगत तर्फ ३५ करोड ६१ लाख २५ हजार रुपैया अनुमान गरेको बजेट प्रस्तुत गरेको छ यस्तै नगरपालिकाले आन्तरिक श्रोतबाट १२ करोड ५४ लाख र बाह्य तर्फ ६३ करोड ७९ लाख ३७ हजार ५०९ रूपमा आम्दानी गर्ने अनुमान गरिएको छ ।

नगरपालिकाले सामाजिक विकास तर्फ ५ करोड ३३ लाख ८५ हजार, शिक्षा विकास तफ १ करोड ४५ लाख ९३ हजार, स्वास्थ्य तर्फ १ करोड ४६ लाख रुपैया, आर्थिक विकास तर्फ २ करोड ६१ लाख ९५ हजार, कृषि विकासका लागि १ करोड, पशु सेवा तर्फ ७१ लाख र पर्यटन तर्फ ३७ लाख ५० हजार र सहकारी तर्फ ५३ लाख, पुर्वाधार विकास तर्फ ६ करोड ५५ लाख रुपैया, वातावरण तथा बिपद ब्यस्थापनमा १ करोड ६५ लाख र संस्थागत विकास तथा शुशासन तर्फ ७६ लाख रुपैया क्षेत्रगत रुपमा बिनियोजन गरेको छ । यस्तै को’भिड -१९ को प्रभावले सम्पन्न नभएका पुराना योजनाहरुलाइ निरन्तरता दिन १२ करोड ९९ लाख बिनियोजन गरिएको छ ।

नगर प्रमुख भिम बहादुर थापाको अध्यक्षतामा भएको नगरपालिकाको ७ औं नगर सभा प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले संचालन गर्नु भएको थियो । नगर सभामा नगर प्रमुख थापाले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस