असार १०, काठमाडौं । रुकुम सोतीमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै आठबिसकोट नगरपालिका पनि बिरोध प्रर्दशन गरिएको छ । जेठ १० गते जिल्लाको चौरजहारी ८ सोतीमा जाजरकोटका नबराज बि.क सहित ६ जनाको ज्यान जाने गरि भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज नेपाल दलित मुक्ति संगठन आठबिसकोटको अगुवाईमा बिरोध प्रर्दशन गरिएको हो ।
बिरोध ¥यालीलाई सम्बोधन गर्दै बिरोध ¥यालीका प्रमुख अतिथी,नगरपालिका प्रबक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष गंगाराम चँदाराले जनयुद्धको उद्धगम थलोमा मानब सभ्यता कै क्रुर घटना घट्नु निकै दुःखद कुरा भएको बताउनुभएको छ । उहाँले घटनाको निष्पक्ष छानबिन नभए अब रुकुम बाटै साँस्कृतिक क्रान्तिको सुरुवात गरिने चेतावनी दिनुभएको छ । यस्तै उक्त ¥यालीमा बोल्दै नगर प्रमुख गोर्ख बहादुर केसी९सन्देशले० जातिय अहङकार नहटेसम्म यस्ता खालका घटना घटि राख्ने बताउनुभएको छ । जातकै आधारमा कोहि पनि ब्यक्ति सानो ठुलो नहुने कुरामा उहाँले जोड दिनुभएको छ । अव नगरपालिकाले जातिय बिभेद अन्त्य गर्ने कुरालाई निती तथा कार्यक्रममै समेट्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै नगर उपप्रमुख गिता नेपालीले मानब सभ्यतालाई चुनौति दिने गरि भएको उक्त घटनाका पिडितले न्याय नपाउन्जेल आन्दोलनलाई जारी राख्ने बताउनुभएको छ । यस्ता खालका घटनाले समतामुलक समाज निर्माणलाई चुनौती दिने उहाँको भनाई छ । बिरोध सभामा बोल्दै गोरख बहादुर कामी,सुरज परियार, नवराज परियार, सुनिता चँदारा, चन्द्र बहादुर बि।क,प्रमबिर रसाइली, तुल बहादुर बि।क, जेबि बिक लगाएतका दलित अधिकारकर्मीहरुले उक्त घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।
मानब जाती एक हौं ,उच्च जातिय अहङकार बन्द गर, पिडित परिवारलाई क्षेतिपुर्तिको ब्यवस्था गर,मृतकहरुलाई साँस्कृतिक सहिद घोषणा गर,लगाएतका नारा लगाउदै वडा नम्बर ११ को सिमबजारबाट सुरु भएको बिरोध ¥याली वडा नम्बर ९ को राडि बजार परिक्रममा गर्दै नेत्रचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
यसैबिच उक्त घटनाको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १५ जनालाई प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ । संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गएकी सांसद लक्ष्मी परियारलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गर्दा उहाँ घाइते हुनुभएको छ । परियार नेपाली कांग्रेसकी समानुपातिक सांसद हुनुहुन्छ । प्रहरीको लाठी चार्जबाट सांसद परियारका तीन वटा औला भाँचिएका छन । उहाँको वीर अस्पतालमा उपचार भइरहेको छ । पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियार, सुनिता मरिक, ‘दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल लगायत रहेका छन । प्रधानमन्त्री ओलीले समय नदिएपछि उनीहरुले बालुवाटारको ३ नम्बर गेटमा प्रदर्शन गरेका थिए । पछि फेरि प्रधानमन्त्रीले समय दिएको भनेर प्रधानमन्त्रीका स्वकीय सचिवले ज्ञापनपत्र बुझ्न खोज्दा अधिकारकर्मीले प्रदर्शन चर्काएका थिए । प्रदर्शन चर्काएपछि प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको प्रहरीले पक्राउ गरेको अधिकारकर्मी शोभा सेन्चुरीले जानकारी दिनुभयो ।
आजै स्थायी कमिटी बैठक भएकाले गेटबाट नेताहरुलाई आवतजावत गर्न समस्या भएपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।