• २०८१ साउन १ गते मङ्गलवार

जीप दुर्घटनामा परि ९ जना घाइते २ जनाको अबस्था गम्भीर

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

असार १०, बाजुरा ।  बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालाशैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दुर्घटना भएको हो ।

दुर्घंटनामा परी ९ जना घाइते भएका छन । कोल्टीबाट मर्मतका लागि फालासैन गएको र मर्मत गरिसकेपछि स्थानिय मात्रै गाडीमा चडेको समयमा रोडमा चिप्लिएर जीप पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक प्रहरी प्रबक्ता दानबहादुर रोकायाले बताउनुभयो । प्रबक्ता रोकायाका अनुसार फालासैनका स्थानी ९ जना जती जीपमा चडेको र जीप दुर्घटना हुदाँ २ जनालाई बढी चोट लागेको र अन्य ७ जनाको अवस्था सामान्य रहेको जानकारि दिनुभयो ।

जीपमा कुनै क्षती नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एबम् प्रबक्ता दान बहादुर रोकायाले जानकारि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस