• २०८१ साउन १ गते मङ्गलवार

पास बनाइदिन्छु भनेर घुस लिने काठमाडौंबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा लेखापढी ब्यवसाय गर्ने ढकाल एण्ड सापकोटा सर्भिसेजका खेमराज सापकोटालाई रु.३,००० रकमसहित अख्तियारको पक्राउ गरेको छ ।

उनले सेवाग्राहीलाई काठमाण्डौबाट धनकुटा जाने प्रयोजनको लागि सवारी पास बनाई दिने भनि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई उक्त रकमसहित जिल्ला काठमाण्डौ का.म.न.पा..११ बबरमहल स्थित जिल्ला प्रशासन कार्यालय काठमाण्डौको नजिक रहेको लेखापढी सेन्टरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस