बैशाख १२, नुवाकोट । कोरना भाइरस (कोभिड१९) को संक्रमणलाई रोक्न नेपाल सरकारद्दारा लकडाउन जारी भई लागु भएको ३२ औ दिनसम्म संक्रमित व्यक्तिहरुको संख्यामा बृद्दी भईरहेको अवस्थामा नुवाकोटमा लकडाउन कार्यान्वयनमा कडाई गरिएको छ ।
अन्य जिल्लाबाट निषेद्याज्ञा अबज्ञा गरी नुवाकोट जिल्लामा प्रबेश हुने सवारी साधन तथा मानिसहरुको पैदल आवागमनले गर्दा लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कठिनाई भईरहेको परिप्रेक्ष्यमा नुवाकोट प्रहरी प्रमुख अवि नारायण काफ्ले सहितको नेतृत्वमा खटि गएको टोलीद्दारा बिदुर नगरपालिकाको विभिन्न स्थानहरुमा चेकजाँच गरी ११ मोटरसाइकल नियन्त्रणमा लिएको छ भने अनाबश्यक रुपमा हिडडूल गर्ने २५७ जनालाई रोकी सम्झाई बुझाई छाडेको हाे ।
३२ औ दिनसम्म आइपुग्दा लकडाउन अबज्ञा गरी हिडेका कुल १७०२ जना मानिसहरुलाई उक्त स्थानमानै नियन्त्रणमा लिई केही समय होल्ड गरी सम्झाई-बुझाई गरी पठाईएको छ भने लकडाउनको समयमा चलाईएको ३९२ थान सवारीसाधनलाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिईएको नुवाकोट प्रहरीले जनाएको छ । ।