• २०८१ साउन १ गते मङ्गलवार

डा. साबको अबिरल राजनीतिक यात्रा !

खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट
हुन त, कसैको ब्यक्तिगत जीवनलाई धमिल्याउन खोजेको होइन , तैपनि नेपालको दुर्दसा भन्नू कि के भनु , नेपालको कम्युनिस्ट आन्दोलनका धरोहर, गणतन्त्रका सम्बाहक पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराई जस्ता बिद्द्वानबाट देसले धेरै आश गरेकै हो । पहिला माओबादी जनयुद्दमा उहांको क्रान्तिकारी तथा देस बिकास र जनताको तन मन बदल्ने  लेख आउदा दुई तीन पटक पढ्दथे र लाग्थ्यो हामी कहाँ पुग्नुपर्ने मान्छे कहाँ रहेछौ ।
सोच परिवर्तन भयो, नेपाली समाजमा भनिन्छ नि “कि परेर जानिन्छ कि पढेर ! “त्यसैले पढेका बिद्दान, बिस्वास गरियो, सायद देस बदलिन्छ होला भन्ने मनमा पनि लाग्यो र पछि लाभको पदमा बस्दा यानेकी अर्थ मन्त्री हुदा साच्चै नेपालको अर्थतन्त्रले केही फड्को मारेकै हो  पछि पि एम हुदा प्रजातन्त्रमा सांसद किनबेचको संस्कार र संबिधान सभाको म्याद पटक पटक थप्ने तर संबिधान नबनाइ संबिधान सभा बिघटन गरेको दोष  आइ राजिनामा दिनुपर्यो र उनले अहिलेसम्ममा  पहिला ने क पा मशाल, एकता केन्द्र, माओबादी केन्द्र, नया शक्ति, समाजबादी पार्टी र हाल जनता समाजबादी पार्टीमा हिजो मात्र समाहित भइ करिब सातवटा दलमा फटको मारी इतिहासै रचेका छन ! र अब भन्नुहोस यस्ता बिद्वानको बिद्दताबाट हामिले के आश गर्ने ?
अनि उनका क्याडेटले देसको प्रमुखलाइ भाते भनेर गाली गलौज गरिराखेका छन  भने सायद उहांको बिद्दता प्रयोगको आधारशिला र बिकास र समृद्दिको पाठ त्यही गाली गलौजमा सीमित हो त ? कि अझै केही आश गर्ने ठाउँ छ उनिबाट र कराउदैछन उनका क्याडेटहरु !

प्रतिक्रिया दिनुहोस