चैत्र ११,जाजरकोट। साेमबार नेपालगन्ज बहुमुखी क्याम्पस नेपालगन्जबाट क्वारेन्टाइन ताेडफाेड गरि भागेका व्यक्तिहरू जाजरकोटमा पुगेको पाईएकाे छ ।
जिल्लाकाे भेरी नगरपालिका वडा न ११ मा ११ जना साेमबार राति पुगेको भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिनुभयाे । नगर प्रमुख घर्तीका अनुसार उनिहरू साेमबार राति मात्र घरमा पुगेकाे घर्तीले बताउनु भयाे ।
उहाँका अनुसार क्वारेन्टाइन ताेडफाेड गरेर भागेर आउनेमा भेरी नगरपालिका ११ का मदे लाेहार, माया लाेहार, केशरे लाेहार, प्रसादे लोहारका तीन छोरा , कुमारो लाेवारका तीन छोरा,लिले खडका, परविर महतारा, रहेको छन ।
उनिहरू महेन्द्र बहुमुखी क्याम्पस बाट ताेडफाेड गरि फरार भएका थिए । उनिहरूलाई स्थानीय प्रशासन र नगरपालिकाकाे पहलमा क्वारेन्टाइनमा राख्नकाे लागि समन्वय भैरहेको नगर प्रमुख घर्तीले बताउनु भयाे।