• २०८० असोज ५ गते शुक्रवार

घोडेजात्रा सामारोह स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, काठमाडौं । नेपाली सेनाले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै घोडे जात्र समारोह २०७६ स्थगित गरेको छ ।

हरेक वर्षको चैत्र कृष्णपक्षको औंसीका दिन मनाईने ऐतिहासिक घोडे जात्रा पर्व नेपाली सेनाले विशेष समारोह आयोजना गरि मनाउने गर्ने गरेको थियो ।

सेनाले यसअघि औपचारिकता पूरा गर्ने उद्देश्यले सीमित मात्रै व्यक्तिको उपस्थितिमा घोडेजात्रा समारोह सम्पन्न गर्ने तयारी गरेपनि सरकारले देशव्यापी निषेधाज्ञा जारी गरेपछि समारोह नै स्थगित गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस