फागुन १२, खुर्कोट । बीपी राजर्मागको खुर्कोटस्थित पलासेँमा गाडीको ठक्करबाट एकजनाको निधन भएको छ । गाडीको ठक्करबाट गोलन्जोर गाउँपालिका ७ पलासेँका स्थानीय ५५ वर्षीय नन्दलाल श्रेष्ठको घटनास्थलमा नै निधन भएको जनाइएको छ ।
विहान घरबाट खुर्कोट बजारमा तरकारी बेच्न भनेर हिँडेका श्रेष्ठलाई गाडीले ठक्कर दिएको बताइन्छ । ठक्कर दिएर गाडी भागेपनि प्रहरीले गाडीको खोजी गरिरहेको छ । स्थानीयले सडक अबरुद्ध पारेका छन् ।
सडक अबरुद्धका कारण मध्यपहाडी राजमार्ग र बीपी राजमार्गका सवारी आवागमन अबरुद्ध भएको छ । फरार गाडी र चालकको खोजीका साथै अबरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ ।