• २०८० असोज ७ गते आइतवार

आजको मौसम : देशभर आँशिक देखि सामान्य बदली

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौं । दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राती देशको मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ । देशको पश्चिमी पहाडी भेगमा आँशिक बदली तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली को अवस्था रहेको देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन रचट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस