• २०८२ बैशाख ५ गते शुक्रवार

खैरो हेरोइनसहित थानकोटबाट एक युवती पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १२, काठमाडौँ । नेपाल प्रहरीले खैरो हिरोइनसहित झापा शिव सतासी नगरपालिका–११ की २३ वर्षीया वीना डाँगीलाई पक्राउ गरेको छ ।

आइतबार साँझ महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको र उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस