• २०८० चैत्र ३० गते शुक्रवार

नेपाल विद्युत प्राधिकरणको कर्मचारी घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं । काठमाडौ ।महानगरपालिका काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसमेत २ जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन ।

उनले बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनि समेत कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई सेवाग्राहीसँग रु.२५,०००। घुस रकम लिदैं गर्दाको अवस्थामा पक्राउ गरेको हो ।

उनिहरुलाई का.म.न.पा. वडा नं. १४ स्थित गुडफुड तन्दुरी अगाडीबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस