• २०८१ कार्तिक २४ गते शनिवार

किन जाने किन न जाने संघमा ? (कथा)

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : ४ मिनेट

आज हाम्रो देशमा संघियताले सडक तताएकोछ त्यो मात्रै होईन देश बिदेशमा बसेका तमाम देशभक्तहरुले निदार खुम्चाएर संघिय ब्यबस्थाको बारेमा अध्यायन गर्दैछन। यो अध्यायनको बिषय राम्रो हो।कुनै पनि देश र जनताहरु सँग सरोकार राख्ने बिषयलाई जनताले ब्यापक छलफल गरेर जनता द्वारा त्यो फिल्टर भयर मात्र लागु गर्नुपर्ने हुँन्छ। हाम्रो देशमा त्यस्तो हुँदैन पहिले लागु गर्छन अनि पछि त्यसको बारेमा छलफल चल्छ त्यस्ले गर्दा देशको बिकाशमा ठुलो फाटो पर्छ।त्यो एकदम दुःखलाग्दो बिषय हो।

सए चोटि नापेर एक चोटि काट्नु पर्नेमा एक चोटि काटिहाल्ने पछि नाप्ने गर्दा देश ले ठुलो क्षति ब्यहोर्नु परेको कयौँ ईतिहाश भेटिन्छन।संघियता बिभिन्न प्रकारले संसार भरि करिब दुई सए तिसवटा देश हरु छन जो सुचिकृत भयका र सुचिकृत नभयका समेत मिलाएर त्यति आँकडा छ होला।तिनि देश मध्य मुश्किलले नेपाल र श्रिलङ्का सहित तिसवटा देशहरुमा संघिय ब्यबस्था छ।बाकि दुई सए देशहरु आज पनि एकात्मक राज्य ब्यबस्थामा छन । चीन जस्ता बिशाल देशपनि एकत्मक राज्या प्रणालि अन्तरगतछ।

अनि देशमा उन्नति भयकोछ बिकास भयकोछ । बिडमबना हाम्रो देशको साडे छे दशक शंघर्ष गरेर जनता माछो(माछो भेगुतो भयकाछन।
यो अमेरिका भारत जस्ता देशमा पनि संघिय प्रणालिछ । संघियता आफैमा खराब होईन तर त्यो देशको बस्तुगत अबस्था सँग मेल खाईन भने त्यस्को परिणाम दुरगति हुन्छ। कतिपय ठुला वा कति पय साना देशहरुले पनि संघियता अप्नाएका छन।ति निमन देशहरु मध्ये कयौँ एकत्मक बाट संघत्मक भयका मध्येले दुषपरिणाम झेलेका पनिछन ।

(शयुँक्तराज्यअमेरीका,२स्विट्जरलैण्ड,३जर्मनी,४भारत,५रुस,६अर्जजन्टिना,७अष्ट्रेलिया,८अष्टिया,९बेल्जियम,१०बोस्नियाहर्जगोभिना,११बेलाउ, १२ब्राजिल, १३क्यानाडा, १४लोकतान्त्रिक गणराज्ङ्ग, १५इथियोपिया, १६स्पेन,१७ईराक,१८मलेसिया, १९मेक्सिको, २०माईक्रोनसिया, २१नाईजेरिया, २२पाकिस्तान, २३सेन्टकिट्स एण्डनेभिस, २४कोनोरस, २५दक्षिण अफ्रिका,२६सुडान,२७सयुँक्त अरब ईरेमेट्स२८भेनेजुयल,२९नेपाल र ३० श्रिलङ्काहरु हुन।भारतमा अहिले २९वटा राज्याहरु छन सुरुमा १३ वटा राज्या हुँन।भारतमा अर्ध संघिय साशन प्रणालिछ।)

सुरुमा भाषाको आधारमा राज्या बिभाजन गरिएको थियो त्यो ब्यबहारिक भैन त्यो बेला १६६५भाषाहरु थिए।जब त्यो ब्यबहारिक हुँन सकेन पछि १३राज्याहरु गराए । अहिले पनि त्यो राज्याको माग चुनाबि मुद्दा बन्दै आएकोछ । त्यो टुक्रिने सिल(सिला रोकिएको छैन । तर यँहा संघियताले अरु स्वतन्त्र राष्ट्रहरु लाई बलजब्ति आफ्नो प्रान्त बनाएको ईतिहाश पनि छ।जस्तै हैद्राबाद,सिक्किम,अनि जम्मु काश्मिर जस्ता कयौँ राज्यालाई आफ्नो सम्बिधान संसोधन गरेर सामिल गरिएकोछ । यो छिमेकिको ब्यबहारको कयौँपल्ट बेग्ला बेग्लै मुल्यांकन बिरोध र आलोचना भण्डाफोर्ड गर्ने काम गरिराखेकोले यँहा त्यो दौराईएको छैन।यँहा मात्र संघियता कुन अबस्थामा ठिक होला भन्ने यो लेखको सार भयकोले मैले आफुलाई त्यँहा सम्ममात्र सिमित राखेकोछुँ।

वास्तबमा संघियता त्यस्तो अबस्थामा कारक हुँन्छ प्रथम छरिएर रहेका राज्यहरु लाई एकशूत्रमा बाँधेर बलियो राष्ट्र बनाउँने उदेश्यले,दृतिय छुट्टिन लागेका राज्यालाई एकतामा बाँध्ने र देश बलियो बनाउँने,तृतिय उपनिबेश बाट मुक्त हुँने वा स्वतन्त्र हुँनेहरुलाई यो संघले टेवा पनि पुग्छ।जस्तो हाम्रै देशमा भुरे टाकुरे ,बाईसे(चौबिसे राजाहरुको पालामा आज भन्दा करिब अढाई सौ बर्ष पहिले यो संघियता लागु गरेर ति राजाहरुलाई संघमा मिलाउँन सकिन्थ्यो।त्यो बेला पृथ्वी नारामण साहले एकि कर्ण आफ्नै तौर तरिका बाट गरेर सिङ्गो राष्ट निर्माण गर्न सफलपनि भयकाथिए।

संघियता त्यो बेला नेपालमा साहिद फलदाई हुँन सक्थ्यो त्यो बिचारणिय प्रश्न मात्रहो।अहिले हाम्रो देशमा संघियतालाई लागु गर्ने कुनै पनि बस्तुगत आधार छैन न यो देशका जनताहरुको मागनै थियो।वास्तबमा यो देशका दुश्मनहरुले देशभित्र देश टुक्रा(टुक्रा पार्ने उदेश्यले थोपेको नै हुँनसक्छ।यसँको थोरै बेलैन्श बिग्रियो भने देश त्यो संकटमा पुग्न सक्छ जसबाट कहिले उम्किन र उभ्रिन सक्नेछैन। नाईजेरिया सन१९६३मा कुल तिनौटा जातिय आधारका संघहरु निर्माण भए केहि दिन पछि चौथो जातिएको माग भयो गर्दा गर्दै ३६ओटा जातिय संघमा बिस्तारित भयो।त्यो अहिले संसारकै गरिब मध्यको देश भयकोछ । त्यस्तै तिन जातिय संघ बाट सुरुभयको सुडान पछि २६राज्यामा बिभाजित भयो र राज्यानै बिखण्डनको संघारमा पुग्यो।यथियो पिया देश संघियताकै कारण तहश नहश भयकोछ।यसरि संघियताले देशको अस्तित्वनै खत्म पारदिन्छ।

नेपाल बिभिद जात जाति र भाषा धर्ममा आधारित एउटा गरिब देश हो।जस्लाई छिमेकि बाटनै खतरा छ। छिमेकले देशको अर्थ ब्यबस्था डामाडोल पार्दै आफ्नो एक प्रकारको मण्डिमा परिणित गर्दै आएकोछ।उस्ले पारगमन सन्धि समेतलाई आफ्नो ब्यापार सँग तुलना गर्दै अन्तरराष्ट्रिय नियम समेत उलङ्घन गर्दै आएको लामू पृष्ठभूमीछ।यो अबस्थामा देशलाई सिक्किम जस्तै बनाउँने उस्को योजनालाई संघियताले मल जल दिएकोछ।यस माईनेमा पनि हाम्रो देशमा संघिय साशन प्रणालि ले फाईदा भन्दा नोक्सान बढि हुँनेछ।आर्को देशको भूगौलिक अबस्था र आर्थिक साँस्कृतिक अबस्थाले पनि संघियता सँग मेल खाँदैन ।

त्यसकारणले संघियता नेपाली माटोमा बेमेल छ । छिट्टो भन्दा छिट्टो यो बिदेशी रोग लाई देशबाट नहटाउँने हो भने यस्ले देशलाई सखाफ पार्नेछ।हामिले संघियताको बिरुद्ध गर्न यस्मा टेकेर होईन यस्को कडा रुपमा बिरोध र भण्डाफोर्ड गरेर मात्र संघियतालाई हटाउँन सक्नेछौँ।अहिले देशमा कोरोनाको बड्दो महामारि को बेला देश बाट संघियता फालेर त्यो आर्थिक बाट कोरोनाको बिमारि बाट ग्रस्त भयकाहरुको राम्रो तौरतरिका बाट उपचार गर्नु पर्दछ भन्ने हामिलाई पनि लागेकोछ।

प्रतिक्रिया दिनुहोस