• २०७९ असोज ९ गते आइतवार

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख नजिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८,एजेन्सी । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म मृत्यु हुनेको संख्या १६ लाख ९९ हजार २३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ७७५ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख २४ हजार ६५ संक्रमित थपिएका छन् । विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ७ करोड ६२ लाख ५० हजार ४३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस