मंसिर ८, झापा । दमक नगरपालिका( १ मा खेतमा काम गरिरहेकी श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । खेतमा काम गर्दै गरेकी श्रीमतीको आइतबार साँझ हत्या गरेका दमक १ का चुडामणि भण्डारीलाई पक्राउ गपरएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार उनले खुकुरी प्रहार गरि कमल गाउँपालिका( ६ स्थित खेतमा काम गरिरहेकी ३७ वर्षीय श्रीमती टिकामाया पौडेललाई खुकुरी प्रहार गरि हत्या गरेका हुन । खेतमा धान उठाउँदै गरेको अवस्थामा उनले श्रीमती र सगैं काम गरिरहेका दमक( २ का प्रकाश चन्द्र दाहाललाई खुकुरी प्रहार गरेका हुन । गम्भीर घाइते दाहालको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । उनले पनि भागेर मात्र ज्यान जोगाउन सफल भएका थिए।
केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।