• २०८१ बैशाख ४ गते मङ्गलवार

बाबुराम दम्पत्ति कोरोनामुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । दुवैजनाले एक महिनापछि कोरोनालाई जितेका हुन् ।

डा. भट्टराईले ट्वीट गर्दै आफूहरु संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । उनले महाब्याधीलाई मानवजातीले संयुक्त रुपमा जित्नुपर्ने समेत बताएका छन् । उनले सबैलाई सुरक्षा विधि अपनाउन आग्रह समेत गरेका छन् । उनले ट्विटरमा लेखेका छन : एक महिनापछिCOVID-19संग हामी दुवैले युद्धविराम गरियो र -veरिपोर्ट प्राप्त गरियो।यो युद्धविराम हो,विजय हैन।यो महाब्याधीलाई एक्लाएक्लै जित्न सकिन्न,मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ।अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं!शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!

प्रतिक्रिया दिनुहोस