कात्तिक ७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ । नेपालमा हाल २९० जना आइसीयूमा रहेका छन् भने ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै थप १७ जनाको मृत्यु भएकाे छ । याे सगैं मृत्यु हुनेकाे संख्या ८२९ पुगेकाे छ ।