असोज ७ सुनसरी । सुनसरी कोशी गाँउपालिका १ स्थित राजमार्गमा टिफरको ठक्करबाट साईकल यात्रीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन ।
आज बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिफरले साईकल यात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिएपछी टिफर समेत अनियन्त्रीत भई पल्टिएको छ भने टिफर चालक सप्तरीका ४७ बर्षीय नोखनी मण्डल घाईते भएका छन । उनको जिल्ला अस्पताल ईनरुवामा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।