• २०८१ असोज १ गते मङ्गलवार

थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, बाँके । कोहलपुरमा उपचारका क्रममा मंगलबार एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुने पाँच जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस