• २०८१ माघ ८ गते मङ्गलवार

कैलालीमा एकै दिन बलात्कारका तीन मुद्धा दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भाद्र ७ , कैलाली । कैलालीमा एकै दिन बलात्कारका तीन मुद्धा दर्ता गरिएको छ । जिल्लाको सुखडमा रहेको ईलाका प्रहरी कार्यालयमा एकै दिन जबरजस्ती करणीका तीन मुद्धा दर्ता भएका हुन। बर्दगोरिया गाउँपालिकाका २ र घोडाघोडी नगरपालिकाका १ गरी शनिबार तीन मुद्धा दर्ता भएको हो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ की २३ बर्षिया एक महिलालाई बलात्कारको प्रयास गरेको भन्ने जाहेरीको आधारमा स्थानीय ४० बर्षिया रतन सिंहलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । भाद्र ६ गते शनिबार राती करिव १ बजे खाना खाएर सुतीरहेको अवस्थामा घरको ढोका फोडी भित्र पसी, आफनो कपडा खोली जबरजस्ती करणी गर्ने प्रयास गरेको र प्रतिकार गर्दा आफनो श्रीमानलाई समेत आक्रमण गरी घाईते बनाएको जाहेरीमा उल्लेख गरिएको छ ।

यस्तै बर्दगोरिया गाउँपालिकाको वडा नम्बर २ मा गत श्रावण १८ गते एक १३ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सोही वडाका २३ बर्षिय शुनिल डगौरा थारुलाई पनि पक्राउ गरिएको छ । गत श्रावण १८ गते बिहान साडे ७ बजे थपरैया नदि किनारमा घास काटिरहेको अवस्थामा आफुलाई ज्यान मार्ने डर धम्की देखाई जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ । उनीहरु दुबै जनालाई स्वास्थ्य परिक्षण संगै जिल्ला चलान गरेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक हरिशरण भट्टले जानकारी दिएका छन ।

यस्तै यता घोडाघोडी नगरपालिका वडा नम्बर १ मा भाडामा बस्दै आएकी एक २९ बर्षिया महिलालाई गत श्रावण १२ गते अभद्र ब्यवहार गरेको भन्दै सार्वजनिक हित बिपरितको कसुरमा गरिएको मुद्धा दर्ताको आधारमा प्रहरीले स्थानीय २८ बर्षिय ललित बमलाई पक्राउ गरी जिल्ला चलान गरेको थियो । सो घटना घटेको तथा आरोपी पक्राउ परेको करिव एक महिना पछि पुनः सोही ब्यक्तीले आफुलाई बलात्कार गरेको भन्दै शनिबार उजुरी परेको छ ।

गत श्रावण ६ गते राती आफु सुतीरहेको अवस्थामा एक्कासी कोठामा प्रवेश गरी आफनो बस्त्र खोलेको तथा मुख च्यापी, ज्यान मार्ने धम्की दिई ईच्छा बिपरित जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ । हाल आरोपी बम प्रहरीको हिरासतमै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताएका छन । तीन वटै घटनाको अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस