भदौ ७, काठमाडौं । स्वास्थ्य तथा जनस.ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आइतबार थप ८१८ मा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं संक्रमित संख्या ३१ हजार ९३५ जना पुगेको छ ।