• २०८१ माघ ११ गते शुक्रवार

आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ७ ,सर्लाही। सर्लाहीमा एक पुरुषलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित पुनर्वास टोलस्थित ३२ वर्षीय राजबीर पासवानले मादक पदार्थ सेवन गरी ५० वर्षीया आमा उर्मिला पासवानलाई ढुङ्गा प्रहार गर्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

शनिबार राति ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टाउकोमै चोट लागि घाइते भएका बाबु उपेन्द्र पासवानको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस