भाद्र ७ , ललितपुर। प्रहरीले ललितपुरमा एक लाख ७९ हजार रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका २३ इसिमोडस्थित राजेन्द्र महर्जनको टहरामा तास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद एक लाख ७९ हजार रुपैयाँ र एक बुक तास समेत बरामत गरेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।