भदौ ७, सर्लाही । आफ्नै आमाको ह’त्या गरेको अभियोगमा लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले प’क्राउ गरेको छ । पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दा आमाको टाउकोमा चो’ट लागेर घट’नास्थलमै मृ’त्यु भएको थियो ।
टाउकोमै चो’ट लागी गम्भीर घा’इते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ । घट’नाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।