भाद्र ७ ,काठमाडौँ। महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखिएका कर्तव्य ज्यान मुद्दाका एक जना आरोपीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गोंगबुमा २४ वर्षीय लक्ष्मण तामाङको चक्कु प्रहार गरि भएको हत्यामा संलग्न अभियुक्तलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
अभियुक्तलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा ५ जना प्रहरीलाई पनि संक्रमण देखिएको छ । संक्रमित सुरक्षाकर्मीहरुलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । अभियुक्तलाई भने नेपाल मेडिकल कलेज, जोरपाटी भर्ना गरिएको छ ।