• २०८१ असोज १ गते मङ्गलवार

थप एक जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ७ , चितवन । चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ बजे मृत्यु भएको हो ।

ती महिलाको मृत्यु भएपछि साँझ रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । कलेजो सम्बन्धी उपचारका लागि ती महिलालाई साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस