भाद्र ०७, नवलपरासी । पश्चिम नवलपरासीमा आज २९ जनामा कोरोना पुष्टि भएको छ । पृथ्वि चन्द्र जिल्ला अस्पताल परासीमा कार्यरत ३ जना डाक्टर १ जना नर्स र २५ जना पाल्हिनन्दन गाउपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानिय रहेको जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकालले जानकारी दिनु भयो ।
पृथ्वी चन्द्र अस्पताल परासीका ३ जना डाक्टरसहित एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ३२ गते स्वाब संकलन गरि परिक्षणका लागि पठाईएकोमा आईतबार एक हप्ता ढिलो गरी प्राप्त रिपोर्ट अनुसार स्वाथ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । अस्पतालकै चिकित्सकमा संक्रमण देखिएपछि जोखिम ह्वात्तै बढेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामी पनि जोखिममा छन् । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले अस्पताल सिल गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।