• २०८१ जेष्ठ ३० गते बुधवार

एकताको विकल्प उन्नतस्तरको एकता हो भन्ने सत्य प्रमाणित हुँदैछ “मुख्यमन्त्री पोखरेल”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ७ ,काठमाडौँ । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी एकताको विकल्पको रुपमा उन्नतस्तरको एकता हो भन्ने सत्य प्रमाणीत हुँदै गएको बताउनुभएको छ ।

नेकपा भित्र पछिल्लो समय भएको विवाद समाधान गर्ने मुख्य जिम्मेवारीको साथ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले संयुक्त रुपमा गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएसँगै पार्टीमा भएको विवाद समाधान हुने भएको छ । सोही प्रशंगलाई लक्षीत गर्दै मुख्यमन्त्री पोखरेलले पार्टीभित्रको विवाद समाधान गर्दै आगामी दिनमा पार्टी तथा सरकारलाई जनमूखी बनाउन अध्यक्षद्वयले खेल्नुभएको प्रयास सार्थक भएको उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अध्यक्षद्वयको अग्रसरताले पार्टी एकताको रक्षा प्रयास सार्थक भएको छ र एकताको विकल्प उन्नतस्तरको एकता हो भन्ने सत्य प्रमाणित हुँदैछ ।

साउन ३० गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल संयोजक तथा स्थायी कमिटीका नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस