• २०८१ माघ ८ गते मङ्गलवार

केपि ओलिले देश बनाउने कि जनताले ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

अमेरिकन कम्पनि Tesla का मालिक Elon Musk को सम्पति जनवरी २०२० सम्म ३० अरब अमेरिकन डलर थियो भने अगस्टसम्म आईपुग्दा आठ महिनाको अवधिमा ५७ अरब डलरले बढ्यो र ८७ अरब डलरको मालिक बन्दै बिस्वको चौथो धनी बन्न सफल भएका छन् ।


फिजिक्समा मास्टर गरेका मस्कले हरेक काम फरक तरिकाबाट गर्छन् र अनुसन्धानको टिम तयार गरेर अहिले २० वटा फरक- फरक कम्पनी को निर्माण र मानिसलाई सरल र सहज हुने बस्तुको उत्पादनमा केन्द्रित छन् । सुरुवाती Paypal को स्थापना गरेका थिए र उक्त कम्पनी २००४ तिर बेचेर Tesla कम्पनी खडा गरे। २०१२ मा Tesla को ४ अरब मूल्य थियो। Tesla को बिधुतिय कार आज संसारभर लोकप्रिय बन्दैछ जुन ५ लाखको संख्यामा उत्पादन भैइसकेको छ भने नेपालमा पनि एउटा स्याम्पलको रुपमा आएको छ। चिनमा यसको फ्याक्ट्री भर्खरै निर्माण भएकोले सहजै मार्केटमा आउने तरखरमा छ।

देश बनाउने सरकारले हैन,आफ्ना प्रतिभासाली छोरा- छोरी बिदेश पठाउने र सरकारले केही गरेन भन्दै सामाजिक सन्जालमा सराप्ने मनोरोग रोक्नुपर्छ।सरकारले नीति निर्माण गर्ने हो,अनुकुल बाताबरण मात्र बनाउने हो र उत्पादनका सबै किसिमका उद्योग,कलकारखानाहरुलाई सहज वातावरण बनाईदिने हो,देश बनाउने जनताले हो।

यसको विशेषता भनेको बिना ड्राइभर AI जो मद्दतले ड्राइभिङ गर्न सकिन्छ भने एक पटकको चार्जले ४५० कि.मि. कुद्न सक्छ। यी सबै काम एकजना Elon Musk को दक्षताले भएको छ भने अमेरिकी सरकारले सिरिफ उनको योजना अनुकुल नीति निर्माण ,सहज बाताबरण बनायो।अमेरिका धनी र संसारको महासक्ती बन्नुमा Elon Musk जस्तै धेरै प्रतिभाशाली ब्यक्तिहरुबाट सम्भव भयो, चाहे एप्पल कम्पनी, फेसबुक किन नहोस् ।

यसबाट हामी के भन्न सक्छौ भने देश बनाउने सरकारले हैन,आफ्ना प्रतिभासाली छोरा- छोरी बिदेश पठाउने र सरकारले केही गरेन भन्दै सामाजिक सन्जालमा सराप्ने मनोरोग रोक्नुपर्छ।सरकारले नीति निर्माण गर्ने हो,अनुकुल बाताबरण मात्र बनाउने हो र उत्पादनका सबै किसिमका उद्योग,कलकारखानाहरुलाई सहज वातावरण बनाईदिने हो,देश बनाउने जनताले हो।

प्रतिक्रिया दिनुहोस