• २०८१ असार ९ गते शनिवार

बाबुराम,उपेन्द्र र महन्ठलाई विनय यादवको खुला चुनौती

विनय यादव पढ्न लाग्ने समय : २ मिनेट

आदरणीय जनता समाजवादी पार्टीका मुखियाज्युहरू,

तपाईहरू राष्ट्र परिवर्तनको एक महान अभियानमा लागि परेको दावि गर्नुहुन्छ । देशका उत्पीडित, उपेक्षित र शोषित मधेशी, आदिवासी, महिला र दलितको मुक्तीको अभियानमा लागि परेको दावि गर्नुुहुन्छ ।

तपाईको पार्टीको पहिचान मधेश आन्दोलनले स्थापित गरेको हो । त्यसैकारण, तपाईंहरू माथी पनि अरास्ट्रवादी भएको आरोप लाग्दै आएको छ । जुन आरोपहरू सामु टिक्न नसकेर अहिले तपाईहरूले आफनो अभियानलाई अल्पविराम दिएर हाल राष्ट्रवादी देखिने भरपुर प्रयास गर्दै हुनुहुन्छ । त्यस आरोपबाट आफ्नो प्रतिरक्षा गर्नुपर्ने तपाईहरूको बाध्यता म बुझ्छु । राष्ट्रवादी बन्न तपाईहरूले अरूभन्दा बढी जोडबल गर्नुपर्ने बाध्यता पनि म बुझ्छु । त्यही भएर नै होला तपाईहरूले सरिता गिरीलाई हतार–हतार पार्टीबाट कारवाही गरी निकाल्नु भयो । भनिन्छ नी नँया जोगीले बढी खरानी घस्छ ।

तपाईहरू पनि नवराष्ट्रवादी बन्ने होडमा अलि बढी खरानी घस्नुपर्ने तपाईहरूको बाध्यता म बुझ्छु । त्यही भएर नै होला, तपाईहरूले आत्मसमर्पण गरिसकेको एक योद्धा जस्तै कम्युनिस्ट र महेन्द्रपथको मिश्रणबाट नेकपाले प्रतिपादन गरेको रास्ट्रवादलाई अङगाली अगाडि बढ्दै हुनुहुन्छ भन्ने बुझ्न पनि गाह्रो छैन । तपाईहरूको रास्ट्रवादमा हिन्दुत्वको विरोध झलझली देखिन्छ ।

हिन्दुत्व त परे जाओस, तपाईहरूको राष्ट्रवादमा अब मधेश पनि अटाउदैन । तपाईहरूको रास्ट्रवादले एकातर्फ महेन्द्रजस्तै मधेसलाई हेयको दृस्टीले देख्छ भन्ने अर्कोतरफ कम्युनिस्ट जस्तै हिन्दू विरोधी छ । त्यही भएर नै मधेशको पक्षमा आजिवन अडेकी सरिता गिरि तपाईंहरूको पार्टीमा अवाञ्छनीय भएको छ, भन्ने राष्ट्रिय झन्डा जलाउनेको प्रतिवादमा उत्रिने र अरबाँै हिन्दुहरूको आस्थाको प्रतिक अयोध्यामा राम जन्मभूमीमा राम मन्दिरको लागि भूमीपुजन भैरहेको बेला विरोधमा उत्रिने आङ्काजी शेर्पा तपाईको पार्टीको स्टार प्रचारक बन्नुभएको छ ।

मुखियाज्युहरू,

भारतमा गैर–हिन्दुहरूको तुष्टीकरणको लागि हिन्दूत्वको विरोधमा उत्रेका त्यहाँको राजनीतिक दल र नेतालाई हालको अवस्था राम्ररी केलाएर हेर्नुस । जनताले उनीहरूलाई विगतको २ वटा चुनावदेखि राम्रो सबक दिदै आएको छ । तसर्थ, तपाईंहरू पनि समयमै सचेत हुनुस् । आङ्काजी शेर्पालाई यथाशीघ्र कारवाही गर्नुहोस् । अन्त्यथा, जनताले तपाईहरूको हिसाब किताब गर्नेछ ।

विनय यादव (सम्योजक)
राष्ट्रिय एकता अभियान

प्रतिक्रिया दिनुहोस