• २०८१ माघ ११ गते शुक्रवार

तिन जना फरार प्रतिबादी प्रकाउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ८, उदयपुर । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले बिभिन्न मुद्दामा फरार गरेका ३ प्रतिबादीहरुलाइ पक्राउ गरी आवश्यक कार्बाहीको सम्बन्धी कार्यालयमा पठाईएको छ ।

२०७६।११।१२ गते सिन्धुली जिल्लाको गोलन्जोर गा.पा. ७ पलासे स्थितमा सवारी दुर्घटना गराई सवारी ज्यान मुद्दामा फरार रहेका फरार प्रतिबादी जिल्ला उदयपुर त्रियुगा नगरपालिका २ मथियाई बस्ने लोक बहादुर प्रधानको छोरा बर्ष २१ को अशोक भन्ने बाबुराम प्रधानलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाईएको छ । यस्तै २०६८ साल देखी बहु बिबाह मुद्दामा १० महिना १२ दिन कैद र रु ५००० जरिवान तोकिएको फरार प्रतिबादी जिल्ला उदयपुर त्रियुगा नगरपालिका १६ बस्ने नैन बहादुर राईको छोरा बर्ष ३५ को टंक बहादुर राईलाई जिल्ला अदालत उदयपुर पठाईएको छ ।

मिति २०७०।११।२५ गते समानित सुनसरी जिल्ला अदालतबाट लागु औषध मुद्धामा १३ दिन कैद तोकिएको फरार प्रतिबादी जिल्ला उदयपुर चौदण्डिगढी नगरपालिका ६ सिर्वानी बस्ने राजेन्द्र राईको छोरा बर्ष २६ को अमिर राईलाई जिल्ला अदालत उदयपुर पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस