• २०८१ माघ ११ गते शुक्रवार

स्वच्छ खानेपानीको उपलब्धता पाउदैनन नगरमा

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन ०८ मुगु । जिल्लाको छायानाथ रारा नगरपालिकामा अहिलेसम्म सबै नगरपालिका वासी स्थानीयवासीहरुलाई स्वच्छ खानेपानीको अभाव देखिएको छ । नगरपालिकामा रहेका ४ हजार ९ सय ८३ घरधुरीका २५ हजार ३ सय ४६ स्थानीयवासीहरुले अहिलेसम्म स्वच्छ पानी खान पाएका छैनन ।

कुल घरधुरी मध्य २ सय ४४ घरधुरी खानेपानीमा पहुँच नहुँदा समस्यामा छन भने ५ सय ३९ घरधुरी सुरक्षित खानेपानीमा भएको खानेपानी सुरक्षा योजना चलाई रहेको हिरिसडेक मुगुले जनाएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर २ चैन गाउँका ५० घरधुरी र वडा नम्बर ३ तलितुमका ५२ घरधुरीका लागि खानेपानी योजना सञ्चालन गरि रहेको स्थानीय गैर सरकारी संस्थाले नगरपालिकामा भएको खानेपानी समस्याका विषयमा जानकारी दिएको हो । पहिले गाउँमा खानेपानीको अभाव हुँदै आएको, गाउँमा खानेपानी आउने भए पनि फोहोर तथा दुषित पानी पिउनु पर्ने बाध्यता भए पनि अहिले शुद्ध रुपमा खानेपानीको व्यवस्था भएको र घरघरमा सुरक्षित धारा बनि रहेका कञ्चने ढाड खानेपानी उपभोक्ता समितिकी अध्यक्ष बैदेवी रावलले बताए । त्यस्तै वडा नम्बर २ चैन गाउँका पचास घरधुरीका लागि पनि धारा निर्माण भई रहेका छन ।

चैन गाउँका स्थानीयवासीहरुले यो भन्दा पहिला चैन खोलामा रहेका मुलधारा बाट पानी खाई रहे पनि अहिले घरघरमा धारा पुगे पछि समय बचतसंग स्वास्थ्य अवस्थामा सुधार भएको वडा नम्बर २ चैनका वडाध्यक्ष परेकराज चौलागाईले जानकारी दिए । चैन गाउँको खानेपानी योजनामा समेत हिरिसडेक मुगुले सहयोग गरेको स्थानीयवासीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस