साउन ८, सुर्खेत । जिल्ला अदालत दैलेखबाट १० वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर-१ बाङ्गेसिमलबाट दुल्लु नगरपालिका १० का ६५ वर्षीय विष्णुबहादुर थापा पक्राउ परेका हुन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका थापालाई दैलेख पठाइएको छ । प्रतिवादी थापा १७ वर्षदेखि फरार रहेका थिए