• २०८१ चैत्र ५ गते बुधवार

फिल्म खेलाउछु भन्दै पैसा लिई ठगि गर्नेलाई मुद्दा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ८, काठमाडौं । फिल्म खेलाउछु भन्दै पैसा लिई ठगि गर्नेलाई मुद्दा दर्ता गरिएको छ । मनोरन्जनको क्षेत्रमा पाइला टेक्न खोज्नेलाई ललाई-फकाई पैसा लिने र काम नगर्ने काठमाडौं ठमेलका अन्दााजी वर्ष ५० का सुनिल श्रेष्ठ विरुद्ध मुद्दा परेको हो ।

उनले मनोरन्जनको क्षेत्रमा आउन चाहने नयाँ अनुहारहरुलाई ढाटेर फिल्म खेलाउने भन्दै पैसा लिने र पछि फोन गर्दा सम्पर्क नहुनी र फोन गर्यो भने मैले माथिको मान्छेहरु चिन्दछु भनि धाक धम्कि दिने गरेका थिए । काठमाडौं परिसरका अनुसार उनले फिल्मको स्कृट लेखी अरुलाई फिल्मको कथा र वास्तविकता यहि हो भनी पैसा लिने र आफू नेपाल चलचित्र विकास बोर्डको पुर्ब सदस्य समेत रहेको भन्दै नेपाल चलचित्र विकास बोर्डको समेत नाम जोडि पैसा लिने गरेको खुल्न आएको छ । धेरै महिला सगं पनि पैसा लिई मोडल बनाइदिन्छु भनी दुःख दिएको समेत खुल्न आएको छ । उनले रातको समयमा मात्र फोन अन गरि पैसा नदिए बेइज्जत गर्दिन्छु भनी धाक धम्की दिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस