श्रावण ८, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरु निम्न रहेका छन ।
१.नेपाल टेलिकमका क्रियाशील युनियनहरू को संयुक्त संघर्ष समितिले विभिन्न माग राखि प्रवन्ध निर्देशकको कार्यकक्ष अगाडी धर्ना दिने ।
स्थान:-नेपाल टेलिकम भद्रकाली प्लाजा भद्रकाली ।
समय:-१०:०० बजे देखि १७:०० बजे सम्म ।
२.विद्यायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान:-संघीय संसद सचिवालय,सिंहदरबार ।
समय:-११:०० बजे ।
३.नेपाल स्वतन्त्र हाेटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनले विभिन्न माग राखि धर्ना कार्यक्रम गर्ने ।
स्थान:-फायरफिल्ड म्यारिट हाेटल,ठमेल ।
समय:-१३:०० बजे ।
४.सिभिल महलका ब्यापारिहरूले लक डाउन अबधि भरि काे भाडा मिनाह गर, पसल हरू खाेल्न पाउनु पर्यो भन्दै प्लेकार्ड सहित शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान :- सिभिल महलकाे पार्किङ ।
समय :- १३:०० बजे देखि १६:०० बजे सम्म ।
५.covid-19 enough is enough group मा आबद्ध स्वतन्त्र युवाहरूले खुल्ला सत्याग्रहलाई ऐकेबद्धता जनाउने ।
स्थान:-वसन्तपुर डबली ।
समय:-१७:०० बजे ।
६.बिकास तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान:-संघीय संसद सचिवालय,सिंहदरबार ।
समय:-नखुलेको ।
७.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि SNE(special need education)विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको ।
स्थान:-सानोठिमी क्याम्पस ।
समय:-२०७७/०४/७ गते देखि जारी ।
८.covid-19 enough is enough group का अभियानता इसान अधिकारी (ई) सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि खुल्ला सत्याग्रह बसेको ।
स्थान:-वसन्तपुर डबली ।
समय:-२०७७/०४/०३ गतेको १२:३० बजे देखि जारी ।
९.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।
१०.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।
११.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :-देशभर ।
समय : नखुलेको ।