• २०८१ साउन ८ गते मङ्गलवार

कविता- “माण्ठबाटै माण्ठ डराउन्या जुग”

सुरेन्द्र शाही 'गुलाब कान्छो' पढ्न लाग्ने समय : १ मिनेट

जाबो अदृश्य एउटा किटाणुले
कोभिड-१९ को को’रोना भाइरसले
विश्व हल्लाइरहेको यो जुगमा
मानवले आफ्नै मुटुलाई बहसमा पारेन
जन्मपछि मृ’त्यु निश्चित छ यो बुझेरपनि
केही पल, थोरै दिन बाच्न कै निम्ति
नाता साइनो र यो सम्बन्ध बिर्सी
पिजडाको पंक्षि जस्तै थुरथुर कापेर
आज लुकिरहेको छ यो घडीमा
आफ्नै महलमा, छाप्रोमा, झुपडीमा
र हरेक गल्लीमा, पेटीमा र खोचमा ।
वास्तवमा,
म’र्न कै निम्ति जन्मिएको मान्छे
आखिर डरदेखि डराउँछ किन ?
के यो संसार हल्लाउने बडेमानको
चिजै डर मात्रै हो त ? सोचौं त
कहिले त आफुले आफैलाई अनि
पृथ्वीका तमाम डरपोकहरुलाई
सिधै ठाडो प्रश्न गर्न मन लाग्छ
एकदिन म’रेर जाने ए ! आत्माहरू
आखिर कालसँग किन डाराउँछौ ?
अन्तिम मित्र भनेकै यही कालै त हो
यति थाहा भएरपनि किन डराउनु हामी ?
अनि,
अन्तरीक्ष चहार्ने, धुलोमैलो खेल्ने
आकाशमा उड्दै र धर्तीमा गुड्दै
सुखमा आहाल खेल्ने, दु:खसुखसँग
कठपुतली झैँ बनेर रातदिन नाचिरहने
दुई पल बाच्नकै निम्ति संघर्ष गरिरहने
यही मान्छे आज एक जीवाणुसँग डर्दैछ
यो कस्तो पल,
एकले अर्कोलाई अंकमाल गर्ने, हातमिलाउने
अब रमाएरसंगै बस्ने त परको काम भयो
एकै परिवारका सदस्यसँगै बस्नपनि दुरी चाहिने
श्रीमान श्रीमती र लालाबालासँगै सुत्नपनि
संयमता अपनाउनु पर्ने अबस्था देखिन्छ
आफन्तबाटै डराउनुपर्ने कस्तो समय यो
मान्छेको लागि मास्क प्यारो भएको छ
किर्तिम झोल सेनिटाइजर साथी भएको छ
आखिर,
यो माण्ठबाटै माण्ठ डराउने जुग कहिलेसम्म ?

प्रतिक्रिया दिनुहोस