• २०८१ चैत्र ३ गते सोमवार

क्वारेन्टाईनमा बसेकालाई सहयोग

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार ०९ मुगु । विश्व महामारीको रुपमा फैलिरहेको नोवेल को’रोना भाईरस अर्थात कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारले चैत्र ११ गते देखि जेठ ३२ गते सम्म लागु भएको लकडाउन बन्दाबन्दिमा देशका बिभिन्न जिल्ला तथा भारत र अन्य तेश्रो मुलुकबाट घर फर्केका १४ दिन सम्म क्वारेटाईनमा बसेकाहरुलाई सरसफाई लगाएत खाने सामग्री सहयोग भएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने सोरुगाउपालिका र पुवीै करान भेगमा पर्ने मुगुम कार्मारोङ गाँउपालिकामा देशका बिभन्नि शहर तथा भारत र अन्य मुलकबाट आई १४ दिन सम्म क्वारेन्टाईन बसेकाहरुलाई स्टोरिज अफ नेपाल समुदायले सरसफाईको सामग्री साथै बिहान दिउस खाने खाने खाजा नास्ता सहयोग गरेको हो ।

पहिलो चरणमा सोरु गाँउपालिकाको युवा बर्ष आधारभुत बिद्यालयका १ सय २४ मुगुम कार्मारोङ गाँउपालिका छाँयाल, बुद्ध माबि माग्री, ढुङ्गेधारा, मह, पुलु र सिरानीचौरका क्वारेन्टाईनमा बसेका ८६ जनालाई सेनीटाईजर, पाँच पिस माक्स, नुहाने साबुन एक लुगा धुने साबुन दुई ब्रस मन्जनका साथै बिहान बेलुकिको खाजा नास्ताको लागी एक केजी चिउरा, १० प्योकट बिष्कुट, ८ दान अण्डा बितरण गरिएको छ । थप २० जनालाई केही दिनमै उक्त सामग्री बितरण गरिने भएको छ ।

क्वारेन्टाईनमा बसेको अबधीमा गाँउपालिकाले बिहान बेलुकाकालागी दाल भात उपलब्ध गराएको थियो । बिहान दिउस कहिल्यै खाजा नास्ता पाएका थिएनौ । सरसफाईका समाग्री समेत गाँउपालिकाले उपल्ध नगरेका बेला बिदेशमा बस्ने मनकारी नेपालीहरुले पठाएको रकमबाट सरसफाईका सामग्री गरिद गरी जिल्ला स्थित संचारकर्मि सहतिको टोली क्वारेन्टाईन स्थलमै पुगी ति सामग्री बितरण गर्दासारै हर्षित भएका छौ । ति मनकारी स्टोरिज अफ नेपाल नेपाल समुदायका सबैलाई धन्यबाद छ । मुगुम कार्मारो—८ का च्यावा तामङ्गले खुषि ब्यक्त गरे ।

लक डाउनकै कारण बिहान बेलुका छाक टार्न समस्या परेका छाँयानाथ रारा नगरपालिकाका ५६ जना अति अपाङ्ग, असाय, तथा बिपन्न १ लाख ७ हजार ८ सय ७५ मुल्य बराबरको खाद्यन्न समेत सहयोग स्टोरिज अफ नेपाल समुदायले सहयोग गरेको थियो । पुन दोस्रो पटक क्वारेन्टाईनमा बसेका २ सय ५० जनालाई २ लाख ६५ हजार ७ सय २० रकम बराबरको सरसफाईका सामग्री तथा बिहान बेलुकाकोलागी खाजा नास्ता सहयोग गरिएको स्टोरिज अफ नेपाल नेपाल समुदायका जय पौडेलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस