• २०८२ जेष्ठ ४ गते शनिवार

अरिगांल र बारुलाको ल’डाई भए बा’रुलाको अस्थित्व समाप्त हुन्छ : सांसद बस्नेत

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार ९, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिपक्षि दलका नेता तथा सांसदहरुले नेकपाका कार्यकर्तालाई संघियता नबुझेकाहरुले अरिंगाल भनि असभ्य शब्द प्रयोग गरेको प्रति आ’क्रोस व्यक्त गर्दै अरिंगाल र बारुलाको ल’डाई भए बारुलाको अस्थित्व समाप्त हुने चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको संघ प्रदेश तथा स्थानीय तहको समन्वय र अन्तरसम्बन्ध सम्बन्धीत विधेयकका बारेमा आफ्नो धारणा राख्दै सांसद बस्नेतले संघियताको भावना र मर्म नबुझेकाले नेकपामाथि अनेक प्रकारको दोष दिने गरेको बताउनुभयो । कतिपय सामान्य भन्दा सामान्य कुराहरु स्थानीय तह तथा प्रदेशबीचको समन्यवको कमजोरिका कारण संघिय सरकार, प्रधानमन्त्री, मन्त्रिपरिषद्कोमा गएर उल्झिने गरेको दुःखद् अवस्था रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सडकमा पोल नसारेको कुरा, हिलो भएको कुरालगायतका हरेक कुरालाई प्रधानमन्त्री तथा मन्त्रिहरुकोमा लगेर ठोक्काउने गरेको साथै सत्ताधारी कार्यकर्तालाई अरिंगाल जस्तो असभ्य शब्द गर्ने गरेको छन् । मलाई लाग्छ विपक्षी दलका साथीहरुले यती असभ्य शब्द कहाँबाट सिक्नुभयो ? उहाँहरु अरिंगाल भन्नुहुन्छ भने, उहाँहरुलाई सत्ताधारीहरुले बारुला भनिदिनुभयो भने अरिगांल र बारुलाको लडाई पर्यो भने बारुलाको अस्थित्व समाप्त हुन्छ । त्यसो भएकाले यस्ता असभ्य शब्दहरु प्रयोग नगर्न अनुरोध गर्दछु ।’

स्थानीय तह तथा प्रदेशसँग समन्वयको व्यवस्थापन प्रभावकारी नहुँदा संघिय सरकारले राखेको बजेटलाई खर्च गर्ने कुरामा स्थानीय तहले सामान्य भन्दा सामान्य उल्झनहरु निकाल्दीने, कतिपय स्थानीय तहमा संघिय तथा प्रदेश सरकारलाई चुनौति नै दिने गरेको उल्लेख गर्दै उहाँले समन्वय र अन्तरसम्बन्धको अभावको कारणले स्थानीय तथा प्रदेश सरकारले गर्ने सामान्य भन्दा सामान्य कामहरु समेत संघिय सरकार तथा प्रधानमन्त्रीलाई दोष लगाउने गरेको गुनासो व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संघियताको निकै ठूलो वकालत गर्नुभएका माननीय ज्युहरुलाई त्यो विषयमा ज्ञान भएको दावी गर्ने माननीय ज्युहरुलाई म के अनुरोध गर्न चाहन्छु भने संघियताको मर्म बुझ्नुस् । क्यारेन्टाईनमा देखिएका सानो भन्दा सानो समस्या जुन स्थानीय तहमा छलफल गरि समस्याको समाधान गर्नुपर्छ, तल भएका कतिपय अन्तर विरोधहरु, अपराधिक घटनाहरुलाई जो स्थानीय तह तथा प्रदेशसँग सम्बन्धीत होला । यो सवै कुरा प्रधानमन्त्री तथा मन्त्रिहरुलाई तथा संघिय सरकारलाई उठाउनु भनेको उहाँहरुले संघियता नबुझेको हो ।’

भक्तपुरको एक मात्र स्थानीय तह भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले नेतृत्व गरिरहेको भक्तपुर नगरपालिका तथा नेमकिपाका संघिय सांसद प्रेम सुवाललाई लक्षीत गर्दै संघियताको मर्म र भावना नबुझेकै कारण कतिपय स्थानीय तहले ठूला ठूला विकासका आयोजनाको समेत विरोध गरेको उल्लेख गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संघियताको भावना र मर्म नबुझका कतिपय स्थानीय तहले ठूला ठूला स्मार्ट सिटी हामीलाई चाँहिदैन, रंगशाला चाँहिदैन, हामी राजधानी बनाउन दिँदैनौं लगायतका भन्ने फूर्ती लगाउने गरेको छ ।’

कतिपय सन्दर्भमा नगरपालिकाले क्यारेन्टाइनमा भएका साथीहरुलाई फुलमाला लगाएर विदा गरेको तर पछि त्यो व्यक्तीहरुमा कोरोना संक्रमण भएको देखिएकोमा दुःख व्यक्त गर्दै उहाँले विशेष गरी प्रदेश तहमा देखीने संवैधानीक कानुनी समस्याहरु, स्रोत, साधन र अधिकारका कुराहरु वाँडफाँडका समस्याहरुलाई हल गर्न प्रधानमन्त्रीको नेतृत्वमा अन्तरप्रदेशीय समन्वय कमिटीको परिकल्पना गरी विधेयक आएको स्पष्ट पार्नुभयो । स्थानीय तहका समस्याहरुलाई हल गर्न जिल्ला समन्यव समितिद्वारा अनुगमन तथा निरिक्षण गर्ने र अन्तर सम्बन्धलाई व्यवस्थित गर्न विधेयकले अलि कम बोलेको भन्दै प्रदेश सभाले कानुन निर्माण गर्दा उक्त कुरालाई अलि बढी ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश तहमा देखिने कानुनी तथा स्रोत साधनका समस्याहरु हल गर्ने विषयमा प्रदेशलाई अधिकार दिने विषयमा यो विधेयक आएको छ । स्थानीय तहका अन्तर सम्बन्धका कारण धेरै समस्या उत्पन्न भइरहेकोले जिल्ला समन्वय समितिलाई अनुगमन तथा निरिक्षण गर्ने र अन्तर सम्बन्धहरुलाई व्यवस्थित गर्ने यो विधेयक अलि कम बोले जस्तो भएकोले प्रदेश सरकारले आफ्नो मातहतमा कानुन बनाउँदा अलि ध्यान दिन जरुरी रहेको छ ।’

जिल्ला समन्वय मार्फत निर्वाचन क्षेत्र समन्वय गर्ने र स्थानीय तहबीच समन्वय गर्ने हिसावले प्रदेश र संघका कार्यालयहरु नभएको जिल्लाहरुमा त्यसको समन्वय गरी निर्वाचन क्षेत्र पूर्वाधार खर्च गर्नको लागि पनि यसलाई स्रोत तथा साधन बढाउनपर्ने जसको लागि प्रदेश सरकारसँग संघ सरकारले समन्वय गर्नु पर्ने उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस