• २०८२ जेष्ठ ४ गते शनिवार

सांसद बस्नेतद्वारा निर्माणाधिन आयोजनाको स्थलगत अनुगमन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथ प्रतिनिधिसभा सांसद महेश बस्नेत सहितको टोलीले पाँच वटा आयोजनाको स्थलगत अनुगमन गरेको छ । उहाँले सोमवार सूर्यविनायक नगरपालिका वडा नं. ७ को माथिल्लो क्षेत्रमा भएको विकास निर्माणको अनुगमन गर्नुभएको हो ।

उहाँले गुण्डू तल्लो बसपार्क क्षेत्रमा निर्माणाधिन फुटपात र घट्टाको बाँधको पुल, आन्तरिक एवम् बाह्य पर्यटकहरूको रोजाईको गन्तव्य बनाउने उदेश्यले पर्यटकिय क्षेत्रको रुपमा विकास भैरहेका सूनपा ४ – अनन्तलिङ्गेश्वर मन्दिरको प्रवेश गेट सहित डबल सिडी निर्माणको काम, सूनपा-४ अनन्तझुला मुनि महादेव खोलामा निर्माण भैरहेको कुण्ड निर्माणको काम, सूनपा ४ – अन्तलिङ्गेश्वर मन्दिरमा निर्माण भैरहेको समुदायिक भवन निर्माणको काम तथा सूनपा-४ कैलाश डाडामा निर्माण भैरहेको भ्यूटावरको कामको स्थलगत अनुगमन तथा निरिक्षण गर्नुभएको हो ।

अनुगमनका क्रममा सांसद बस्नेतले भक्तपुरमा विकासको गतिले तिब्रता पाइरहेको र यसमा स्थानीय नागरिकको प्रत्यक्ष सङ्लग्नता रहनुपर्ने र विकासमा अबरोध नभइ रचनात्मक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

सो क्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले सांसद महेश बस्नेतको पहलमा भक्तपुरमा कायापलट हुने गरी विकास भएको र त्यसमा पनि गुण्डू एक कदम अगाडि भएको बताउनुभयो । विकास निर्माणमा निर्माण व्यवसायिलाई सचेत गर्न स्थानीय नागरिकबाट सकारात्मक हस्तक्षेप हुनु स्वाभाविक भएको भन्दै विकाससलाई अनेकौ भाजो हालेर रोक्ने भन्दा पनि सकारात्मक सल्लाह र सुझाव दिन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले यस क्षेत्रमा सांसद महेश बस्नेत उद्योग मन्त्री हुँदा भएको पहलमा १२ फिटको बाटो अहिले ८ मिटरको बनाइ पाण्डोबजारदेखि गुण्डूको तत्लो बस पार्कसम्म विभिन्न चरणमा विभिन्न खण्डमा गरी पीच भएको भइसकेको छ । बाँकी केही स्थानमा पीच हुने क्रममा छ । माननीय बस्नेतज्यूकै पहल र प्रयासमा यस क्षेत्रमा विकासको गतिले तिब्रता पाएको वडाध्यक्ष सापकोटाले स्पष्ट गर्नुभयो ।

उहाँले गुण्डूको तल्लो बसपार्कमा निर्माणाधिन फुटपाथमा माटो फिलिङ गर्ने क्रममा निर्माण व्यवसायिले ल्याएको माटो फोहोर र दुरगन्धित भएपछि फोहोर ऐन अन्गर्त निर्माण व्यवसायिलाई दण्डित गर्न आफूले सूर्यविनायक नगरपालिकालाई पत्राचार गरिसकेको बताउनुभयो । निर्माण व्यवसायिकको सामान्य गल्तीलाई लिएर यस क्षेत्रमा भएको सबै विकास निर्माणको काम यस्तै भयो की भनेर भ्रममा नपर्न सबैलाई आग्रह गर्दै उहाँले वस्तु स्थिति नबुझी सामाजिक सञ्चालको पछि नलाग्न समेत आग्रह गर्नुभयो ।

स्थानीय समाजसेवी मनोज गिरीले फुटपातमा माटो फिलिङ गर्न ल्याइएको माटो दुरगन्धीत भएपछि आफूले सकारात्मक हस्तक्षेप गरी माटो फिर्ता लैजाने निर्माण व्यवसायिलाई आग्रह गरेको बताउनुभयो । फोहोर फाल्ने ठाउँबाट माटो ल्याइ फुटपात फिलिङ गर्न लागिएको आफूलाई असैय भएर ट्रिफर ड्राइभरलाई माटो उठाएर फिर्ता लैजाने आग्रह गरेको गिरीले स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस