• २०७९ असोज ९ गते आइतवार

कोरोनाको कहरसँगै सीमा विवादको समाधान

खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

अहिले कोरोनाको कहरसँगै राष्ट्रियताको मामलामा अर्को सीमा सम्बन्धि संकट आइपर्दा देशले के पायो भन्नू भन्दा नि बिगतमा हामी आपसमा नमिलेरै देशको अस्मिता गुमेको रहेछ भन्ने कुराको आभास नेपाली जनतामा महशुस भएको पक्का हो ।

किनकी अहिले सरकारका पदाधिकारी, प्रतिपक्ष दल, बुद्दिजीवी, कलाकार, सामाजिक अभियन्ता लगायत एकाध भारत भक्तिको गाना गाउने बाहेक सबै नेपाली जनताहरु देसको माटोको लागि एक ढिक्का भएका छन ।

बिगतमा पनि नेपालको राजनीति अस्थिरतातिर दगुरिरहेको र यसैको फाइदास्वरुप नेहरु र इन्धिरा गान्धि डक्टृनमा आधारित भएर त्यहाका कर्मचारीले हाम्रो देस हांक्ने प्रचलन बढ्न गइ कुर्सीको लोभमा हामीले हाम्रो अस्मिता लुटिएको महशुस गरेनौ

यो खुशिको कुरा हो तर यो समस्या समाधानको लागि आक्रामक हुनुभन्दा पनि उच्च तहबाट कुटनीतिक तवरले प्रमाण जुटाएर बढो होशियरीका साथ भारत सँग बार्ताको टेवलमा बस्नु उचित होला कि । अन्यथा सुझ बुझ नगरी जस आफै मात्र पाउने हिसाबले “हतारमा बिहे गरि फुर्सदमा पछुताउने” जस्तो नहोस र अहिले नै विभिन्न अभियन्ता, कानुनबिद, तथा बुद्दिजीविहरुले अन्तर्राष्ट्रियकरण गर्ने कि संयुक्त रास्ट्र संघमा निबेदन दिने भन्नेजस्ता कुराहरुको उक्साहटमा लागिहाल्ने बेला भएको छैन कि त जस्तो लाग्छ । भारतीय केही बुदिजीवीहरु : वरिष्ठ कुटनितिज्ञ शुरेस गोयल, प्रा एस डि मुनि, पररास्ट्रबिद मनोज जोशी, वरिस्ठ पत्रकार वेद प्रताप वैदिक आदिले यो समस्याको समाधान गर्न भारत तु वार्तामा बस्नुपर्छ र समाधान खोज्नुको बिकल्प नभएको कुरा ब्यक्त गरिरहँदा सायद भारतले पनि यस मामिलालाई गत दुई दिनदेखि बढो गम्भीर ढङले लिएको प्रस्ट हुन्छ ।

सुझ बुझ नगरी जस आफै मात्र पाउने हिसाबले “हतारमा बिहे गरि फुर्सदमा पछुताउने” जस्तो नहोस

तसर्थ अहिलेसम्म भारतले आफ्नो प्रमाण जुटाउन नसकी बलजफती नै नेपालको भुमी लिएको हो र बिगतमा पनि नेपालको राजनीति अस्थिरतातिर दगुरिरहेको र यसैको फाइदास्वरुप नेहरु र इन्धिरा गान्धि डक्टृनमा आधारित भएर त्यहाका कर्मचारीले हाम्रो देस हांक्ने प्रचलन बढ्न गइ कुर्सीको लोभमा हामीले हाम्रो अस्मिता लुटिएको महशुस गरेनौ । तर अब “मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किदैन” भनेजस्तो , यो राष्ट्रिय सहमति जुटेको अबस्थामा कोहि ब्यक्तिगत स्वार्थमा नलागी कोरोना र सीमाना बिरुद्दको लडाइमा सबै एक भइ जुटौं ।

प्रतिक्रिया दिनुहोस