• २०८० फाल्गुन १० गते बिहिवार

पर्यटनमा कोरोना कहर !

सन्ताेष बाँनिया पढ्न लाग्ने समय : २ मिनेट
चिनको बुहानबाट सुरु भएको कोरोना भाइरस अहिले बिश्वभर तिब्र गतिमा फैलिरहेको छ् र यसले महामारिको रुप लिइरहेको छ । सिङ्गो मानब जाति एकातिर र कोरोना भाइरस अर्को तिर जुधिरहेको अबस्थामा नेपाल पनि यसबाट अछुतो हुन सक्ने कुरै भएन । आज सम्मको सरकारि तथ्याङ्क अनुसार ४७ जना भन्दा धेरै जना सङ्क्रमित भएका छन भने उपचार सफल भएर घर फर्कने ७ जना पुगेका छन । खुसिको कुरा आज सम्म १ जनाले पनि कोरोनाको कारणले मुलुक भित्र ज्यान गुमाउनु परेको छैन, जुन सरकारको सफलता नै हो ।
कोरोनाको कारण मुलुकमा लकडाउन भएको र उद्ध्योग कलकारखाना हरु पुर्ण रुपमा बन्द भएको अबस्थामा यसको सबै भन्दा ठुलो असर पर्यटन छेत्रमा परेको छ । ११ लाख भन्दा बढि ब्यक्तिहरुको रोजिरोटि रहेको पर्यटन छेत्र नेपाल भ्रमण बर्ष २०२० को दिपावलि मनाएर लछित २० लाख पर्यटकहरुलाइ आतिथ्यता प्रदान गरि नेपाल चिनाउने महा-अभियानमा रातदिन खटिरहेको थियो ।
बिश्वमा नेपाललाइ बुद्द र सगरमाथा ले चिनायो, त्यहि बुद्द अनि सगरमाथालाइ बिश्वभरि चिनाउने पर्यटन ब्याबसायि/ मजदुरहरु (अघोषित राजदुत ) करिब ११ लाख अहिले जिम्मेवारिबिहिन मात्र हैन लामो समय सम्म उठ्नै नसक्ने गरि थला पर्ने प्राय निस्चित छ । तर हाम्रो अर्थमन्त्री ज्युले पर्यटन छेत्र बाट रास्ट्रीय अर्थतन्त्रमा पर्यटनको खासै योगदान नरहेको र यसबाट मुलुक को अर्थतन्त्र लाइ कुनै असर नपार्ने बताउनु भयो । राज्यको बिना सेवा सुबिधा पर्यटन छेत्रका ब्याबसायि तथा मजदुरहरुले साहसिक पर्यटन होस या आतिथ्यता प्रदान गरेर होस नेपाललाइ बिश्वमाझ चिनाइ रहेका छन अझ भनौ अघोषित राजदुत को जिम्मेवारिले मुलुक लाइ योगदान गरिरहेका छन यो कुनै अर्थतन्त्र को योगदान सङ्ग तुलना हुन सक्ने कुरा हुन र ?
डिभि \ पिआर सबै सपना मुलुकको योगदानमा समर्पित गरेका पर्यटनकर्मिहरु लाइ अब राज्यले गुन लगाउने बेला आएको छ । आशा छ यस पर्यटन छेत्रमा कृयाशिल अग्रज तथा प्रबुद्ध ब्यक्तित्वहरु, सङ्घ सस्थाहरु, पेशागत कमिटिहरु, मजदुर युनियनहरु तथा सम्बन्धित मन्त्रालयले आवास्यक समन्वय तथा छलफल गरि पर्यटन ब्याबसायि तथा मजदुरहरुको पिडामा मल्हम लगाउने छ ।

प्रतिक्रिया दिनुहोस