बैशाख ११, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक तथा भौतिक सामाग्रिहरु जम्मा हुने क्रमले तिव्रता लिएको छ । विहिवार सुनिलस्मृति गाउँपालिका वडा नं. ३ रुइनिबाङ अवस्थित न्यू योगेन्द्र एण्ड सुरेन्द्र किराना पसलका प्रोप्राइटर तथा रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका कोषाध्यक्ष निम बहादुर थापाबाट पर्मल चामल ३० के.जी.को १७ बोरा, मसुरो दाल २५ के.जी.को १ बोरा र आयोनुन ५० केजिको १ बोरा गरि रु २७ हजार ८ सय ३५ बराबरको सामाग्रि गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतलााई हस्तान्तरण गर्नुभएको छ ।
हस्तान्तरण सामाग्रि बुझ्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले यो विपतको घडिमा स्थानीय सरकारलाई सहयोग गरि दिनुभएको उर्जा प्रति गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछौ अध्यक्ष घर्तीले भन्नुभयो । त्यसैगरि वुधबार बसेको स्थानीय युवा क्लव, बैंक, वित्तिय संस्था तथा सहकारीहरुसँगको बैठकबाट सृजनशिल युवा क्लव महेन्द्रि रोल्पाका अध्यक्ष गेहराज घर्तीबाट क्लवको तर्फबाट रु १० हजार, सुनछहरी ड्राइभिङ सेन्टरका प्रोप्राइटर शंकर विष्टबाट रु ५ हजार ५ सय रकम गाउँपालिका अध्यक्ष घर्तीलाई हस्तान्तरण गर्नुभएको छ भने जनएकता बचत तथा ऋण सहकारी संस्था लि. सुलिचौर रोल्पाका अध्यक्ष कर्ण बहादुर गिरी (आकाश)ले संस्थागत रु १० हजार, सुलिचौर व्याटमिन्टन क्लवका अध्यक्ष साजन थापाले क्लवको तर्फबाट रु १० हजार, सुनछहरी छापाखाना गृहका प्रोप्राइटर दिपेश विष्टबाट रु ५ हजार र यूनाइटेट मिझिङ यूवा क्लवका अध्यक्ष धिरज घर्तीले क्लवका तर्फबाट रु ५ हजार कोष जम्मा गर्ने प्रतिवद्धता जनाउनुभएको छ भने अन्य क्लवहरुले क्लवको पदाधिकारी बैठक वसि कोषमा जम्मा गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।