बैशाख ११, मुगु । मुगु जिल्लामा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरिय मानव अधिकार अवस्था अनुगमन समिती गठन गरिएको छ । बुधबार जिल्ला बार एशोसिएन जिल्ला शाखा मुगुका संयोजक कुवेरजंग शाहीको अध्यक्षतामा ५ सदस्यिय जिल्ला स्तरिय मानव अधिकारी अवस्था अनुगमन समिती गठन गरिएको हो ।
अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,गैर सरकारी सस्था महासंघ मुगु शाखाका अध्यक्ष सुरेन्द्र बहादुर मल्ल,ईन्सेक मुगु प्रतिनिधी जिवन सेजुवाल र नेपाल राष्ट्रिय मानव अधिकार संगठन जिल्ला शाखा मुगुका अध्यक्ष गंगाराज शाही रहनु भएको छ ।
कोभिड १९ बाट उत्पन्न वर्तमान जटिल परिस्थतीमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैर सरकारी सस्था महासंघ नेपाल विच सहकार्य गर्ने सहमती केन्द्रिय स्तरमा भए संगै जिल्ला स्तरमा पनि ति संगठनहरुको जिल्ला संगठन सम्मिलित मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरिय मानव अधिकार अवस्था अनुगमन समिती गठन गरिएको हो ।
जिल्ला स्तरिय समितीले लकडाउनको बेला क्वारेटाईनको अवस्था, सेवा, स्वास्थ्य सस्थामा औषधीको उपलब्धता, यातायातको अवस्था, खाद्य अधिकारको अवस्थाहरुबारे अनुगमन गरि सम्वन्धित निकायलाई सजक बनाउनुका साथै राक्ष्टिय मानव अधिकार आयोगमा प्रतिवेदन दिनेछ ।
मानव अधिकारको अवस्था स्थलगत भ्रमण,टेलिफोन वार्तालाभ,मिडिया,भिडियो कल आदी माध्यमबाट सुचना संकलन गरि प्रत्र्यक हप्ताको शनिबार समिक्षात्मक बैठक बसी सम्वन्धित निकायलाई अवस्था सुधारका लागी सुझाव र प्रतिवेदन मानव अधिकार आयोगमा पठाउने अध्यक्ष कुवेरजंग शाहीले बताउनु भयो ।