फागुन ११, काठमाडौं । वैदेशिक रोजगारको प्रलोभन देखाई ठग्ने एक जनालाई महानगरिय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । मोरङ रतुवामाई न.पा वडा नं. ६ बुधवारे घर भई हाल का.म.न.पा वडा नंं ६ चुच्चेपाटी बस्ने वर्ष ५३ को कोमल प्रसाद पोखरेललाई पक्राउ गरिएको हो ।
उनले वैदेशिक रोजगारीको शिलशिलामा टर्की र ग्रिस वर्किङ भिषामा आकर्षक तलब हुन्छ भन्दै विश्वास दिलाई ३२ जनालाई ठगेका हुन । उनले ३९,५६,००० रकम ठगी गरि फरार रहेकोमा उनलाई पक्राउ गरि आवश्यक सोधपुछका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।