• २०८० असोज १७ गते बुधवार

बालाजुमा दुर्घटना : एक जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ११, काठमाडौँ । काठमाडौँ महानगरपालिका १६ बालाजुस्थित सडकमा बा.२ ज १४३० नम्बरको ट्याक्सी र बा.७८ प १४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादाँ एक जनाको मृत्यु भएको छ । शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङको मृत्यु भएको हो ।

दुर्घटना गम्भीर घाइते भएका निखिलको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ घर भएका २२ वर्षीय रुपेश तामाङको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस