• २०८० फाल्गुन १० गते बिहिवार

गृहमन्त्री थापा भन्छन बाँस्कोटामाथि सरकारले छानबिन गर्छ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ११, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् । मकवानपुरको हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने बताएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए । नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस