• २०८१ बैशाख ६ गते बिहिवार

इलामको रोङमा चितुवा आतंक

पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, रोङ । इलामको रोङ गाउपालिका वडा नं ६ मा चितुवाको आतंक मच्चिएको छ । केही दिनयता रातको समयमा चितुवाले किसानले पालेको बाख्रा खाएर आतंकित बनाएको हो ।

बिगत तिन दिन यता रोङ ६ रम्म्याङ्गका किसान लोकबहादुर चौकटेको खोरैबाट बाख्रा र खसी खाएको चितुवाले भोलिपल्ट रोङ ६ जौबारीका किसान खड्ग थापाको खसी खाइदिएको थियोृ । हिजो राती मात्रै रोङ ६ रम्भ्याङ्गका किसान डम्बर तामाङ्गको एक माउ बाख्रा र एउटा पाठो खोरैबाट लगेर खाएपछि किसानहरु पिडित बनेका हुन् । रातको समयमा लगातार आइरहने भएको कारण कुन बेलामा के हुने हो किसानहरुमा चिन्ता बढेको छ ।

दिनमा नआउने र रातको समयमा मात्रै आउने भएको कारण स्थानिय किसानहरुलाइ घाँस दाउराको लागि जंगल जान र हिँडडुल गर्न समेत सकस पर्न थालेको स्थानियले बताएका छन ।

http://www.radiobuddhabani.com.np बाट

प्रतिक्रिया दिनुहोस