माघ ९, काठमाडौं । बाग्मती प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयका अनुसार यो विदा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भने लागू हुने छैन । बाग्मती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।
गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो । उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले बिदा दिएका बेला मात्रै बिदा हुनेछ ।