माघ ९, काठमाडौं । प्रहरी प्रधान कार्यालय,मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा नक्साल, कर्मचारी प्रशासन शाखाको पत्र आदेशले प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका प्रहरी हवल्दारहरुलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।
बढुवा हुनुभएका प्रहरी कर्मचारीहरूलाई बधाई दिदै बढुवा संगै जिम्मेवारी बढेकाले आगामी दिनहरूमा अझ उत्कृष्ट ढङ्गले कार्य गर्न पनि उहाले निर्देशन दिनुभयो ।